२८ आश्विन २०७८, बिहीबार

एजेन्सी । ताइवानको एक भवनमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । दक्षिणी ताइवानको एउटा भवनमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको हो। काऊशुंग शहरमा तेह्र तले भवनको माथिल्लो तलामा मानिसहरु आफ्नो फ्ल्याटमा फसेका थिए।

फायर ब्रिगेडका अनुसार तल्लो भुइँमा प्रयोग नभएका बस्तुहरुको थुप्रोले उद्धार कार्यमा कठिनाई भईरहेको छ। आगो निभाउन चार घण्टा भन्दा बढी समय लागेको बताइएको छ ।

भवनको तल्लो भाग पहिले एक रेस्टुरेन्ट, कराओके बार र एक सिनेमा राखिएको जनाइएको छ। बीबीसीका अनुसार यी सबै बन्द थिए र कसैले उनीहरुको हेरचाह गर्दैनथे। भवनमा लगभग १२० जना मानिसहरु बसोबास गर्दै थिए, जसमध्ये धेरै वृद्ध र अपांग थिए।

दमकलले ७९ जनालाई अस्पताल लगिएको जनाएको छ। आगलागीको कारण अझै खुल्न सकेको छैन। त्यहाँ बसोबास गर्ने मानिसहरुले विस्फोटको आवाज सुनेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV