२८ आश्विन २०७८, बिहीबार
  • युवराज आचार्य

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लोकतान्त्रिक विधि र प्रक्रिया विपरीत सरकार सञ्चालन भइरहेको बताउनुएको छ ।

दसैंलगायतका चाडपर्वको अवसरमा बिहीबार आफैले झापाको बिर्तामोडमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार वर्तमान सरकार बार्टर सिस्टममा चलेको बताउनुभएको हो ।हालै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई कोटा दिइएको सन्दर्भ उल्लेख गर्दै उहाँले सो आरोप लगाउनुभएको हो ।

लोकतान्त्रिक प्रणालीका शक्ति र निकायहरु आफ्नै स्थान, मर्यादा र सीमामा बस्नुपर्ने बताउदै उहाँले सरकारले लोकतन्त्रको माला जपेर लुटतन्त्र मच्चाएको समेत आरोप लगाउनुभयो ।

शुभकामना कार्यक्रममा शुभकामना मात्रै राख्ने भन्दै उहाँले बडादशैंले सबैलाई सराकात्मक बन्न शक्ति प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमा प्रदेश १ का मुख्यमन्त्री भिम आचार्य, पूर्व बागमती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईलगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा सहभागीहरुलाई राष्ट्रिय कलाकार कोमल ओली, प्रितम आचार्यलगायतले मनोरञ्जन प्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV