
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ सय १४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ३ हजार ४ सय १८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ९८ जना र २ हजार ७ सय ९६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९७ हजार ५८९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८०४ जना कोरोनामुक्त भए, ८ को मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ४ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७९ हजार १ सय ५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६ हजार २ सय १४ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ३७ हजार ५२२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ ।