२८ आश्विन २०७८, बिहीबार

काठमाडौँ । नेपाल बार एशोसिएसनको मानव अधिकार तथा जनसरोकार समितिले प्रहरीको गोलीबाट मृत्यु हुनु मानव अधिकारविपरीथ रहेको बताएको छ ।

असोज २४ गते रुपन्देहीको बुटवल स्थित मोतीपुरमा भएको झडपका क्रममा प्रहरीको गोलीबाट ४ जनाको मृत्यु भएको थियो । उक्त घटनाका दोषीलाई कारवाही गर्न समितिले माग गरेको छ ।

समितिले एक विज्ञप्ती जारी गर्दै सुरक्षाकर्मीको गोली लालेर नागरिकको मृत्यु हुनु मानव अधिकारको उल्लंघन भएको र घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएको हो ।

बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा रहेको निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा सुकम्बासीको रुपमा आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको थियो । सो क्रममा ४ को ज्यान जानुका साथै दर्जनौँ घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV