२८ आश्विन २०७८, बिहीबार

काठमाडौँ । काठमाडौँका मुख्य सडकहरु सधैँजसो व्यस्त नै हुन्छन् । गाडी तथा मोटरसाइकलहरुको चाप, धुवाँधुलो र अस्तव्यस्त । कतिपय स्थानमा त दैनिक जाम हुने गर्छ । यद्यपि यो समस्या कोरोना महामारीका दौरान भएको लकडाउनमा थिएन ।

आजभोलि दशैँका मुख्य दिनमा पनि काठमाडाँैमा सवारीको चाप उल्लेख्य घटेको छ । बडादशैँको आज महानवमीका दिन काठमाडौँका व्यस्त सडकहरु सुनसानप्रायः देखिएका छन् । मौसम पनि खुलेकाले काठमाडौँमा वायुप्रदूषण पनि खास देखिएको छैन ।

तस्वीर : महेश्वर के.सी./न्यूज२४

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV