२८ आश्विन २०७८, बिहीबार
  • महेश्वर के.सी.

काठमाडाैँ । वसन्तपुर (हनुमानढाेका) स्थित तलेजु भवानीकाे मन्दिरमा बडादशैंको महानवमीका दिन आज भक्तजन एवं दर्शनार्थीकाे घुइँचाे लागेकाे छ । वर्ष दिनमा १ दिन मात्र सर्वसाधारणका लागि याे मन्दिर खुला गरिएको हाे ।

तलेजु भवानीको दर्शन गर्न नवमीका दिन भक्तजनको ठूलो भीड लाग्ने गर्छ । तत्कालिन मल्ल राजाको शक्तिको स्रोतका रूपमा तलेजु भवानीलाई लिने गरिन्थ्यो । वसन्तपुरको घरमा प्रतिस्थापित जीवित कुमारीलाई इष्टदेवी तुलजा भवानीको प्रतीकका रूपमा समेत लिइँदै आएको छ । काठमाडौं मात्र नभई भक्तपुरको तलेजु भवानी पनि भक्तजनका लागि नवमीको दिन खुला गरिएको छ ।

तलेजु मन्दिरमा अरू ३ सय ६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । सर्वसाधारणका लागि वर्षको एक दिन मात्र खुल्ने भए पनि नित्य, विशेष र वार्षिक गरी तीन प्रकारको पूजा गरिन्छ । बडादशैंंको महाअष्टमीका दिन विशेष पूजासहित बलि चढाएर कालरात्रि गर्ने परम्परा रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV