२८ आश्विन २०७८, बिहीबार

एजेन्सी । कोब्रा प्रजातीको सर्प प्रयोग गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई दोब्बर जन्मकैदको सजाय सुनाएको छ । भारतको केरला राज्यमा एक पुरुषलाई त्यहाँको अदालतले दोब्बर जन्मकैदको सजाय सुनाएको हो ।

आफ्नो श्रीमतीलाई कोब्रा प्रजातीको सर्पको प्रयोग गरी मारेको आरोपमा उनलाई उक्त अदालतले दोब्बर सजाय सुनाएको हो ।

सन् २०२० मा केरला राज्यका २८ वर्षीय सुरज कुमारले श्रीमती उथराको कोब्रा प्रजातीको सर्प र सन्हाई प्रयोग गरी हत्या गरेका थिए ।

बिरामी उथरा करिब २ महिना लामो उपचारपछि माइतीमा बस्दै आएकी थिइन् । श्रीमतीलाई घर बोलाउन भन्दै ससुराली गएका उनले चाँडै निको हुने भन्दै सन्हाइ र कोब्रा सर्प सुतिरहेकी उथराको शरीरमा फ्याकेका थिए । विषालु सर्पको टोकाईबाट २५ वर्षीया उथराको सन् २०२० मे महिनामा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV