२८ आश्विन २०७८, बिहीबार

काठमाडौँ । आज मौसममा सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने छ । अहिले देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली सक्रिय नभएकाले प्रायः मौसम सफा नै रहने छ ।

महाशाखाले आज दिउँसो प्रदेश–१, प्रदेश नम्बर–२, बाग्मती तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । तर प्रदेश–१ र बाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । आज राति पनि मौसममा खासै बदलाव हुनेछैन ।

LIVE TV