२८ आश्विन २०७८, बिहीबार

काठमाडौं । भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा भारतले माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

भारतलाई सहज जित दिलाउनको लागि कप्तान सुनिल क्षेत्रीको दुई गोल गरे भने मनवीर सिंहले एक गोल थपे । माल्दिभ्सका लागि अलि अश्फाकले गरेको गोल सान्तवना बन्यो ।

खेलको ३३ औं मिनेटमा सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम मिनेटमा अश्फाकले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ६२ औं मिनेटमा कप्तान सुनिलले गोल गर्दै भारतलाई पुनः अघि बढाए । ७१ औं मिनेटमा सुनिलले नै गोल गर्दै भारतलाई ३-१ को सहज जित दिलाए ।

योसँगै भारत प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । भारतले ४ खेलमा २ जित र २ बराबरसहित ८ अंक जोड्यो ।

यसअघि नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको छ । प्रतियोगिताको इतिहासमा नै नेपाल पहिलो पटक फाइनल पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV