
डोटी । डोटीमा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ ।
डोटीको जोरायल गाउँपालिका–२ डाडाँखाली गाउँमा एक जनालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ३० वर्षीय विशाल दर्लामी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमा भरुवा बन्दुक लुकाइ राखेको भन्ने सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको टोलीले दर्लामीलाई बन्दुकसहित पक्राउ गरेको हो ।