२७ आश्विन २०७८, बुधबार

एजेन्सी । पाकिस्तानले अब विदेशी ऋण पाउन नसक्ने देखिएको जनाइएको छ ।

सबैभन्दा धेरै बाहिरी ऋण भएको शीर्ष १० मा पाकिस्तान परेको छ । विश्व बैंकको रिपोर्ट अनुसार कोरोना महामारीपछि ऋण सेवा निलम्बन पहल (डीएसएसआई) का लागि योग्य भएको हुँदा अब पाकिस्तानलाई विदेशी ऋण प्राप्त गर्न कठिन हुन सक्ने छ ।

ऋणी देशको संयुक्त विदेशी ऋण सन् २०२० को अन्त्यमा पाँच सय नौ बिलियन डलर थियो । यो सन् २०१९ को तुलनामा १२ प्रतिशत धेरै हो ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV