२७ आश्विन २०७८, बुधबार

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीमा साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि नबस्ने बताएका छन् ।

बुधबार लिग चरणको अन्तिम खेलपछि पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अलमुताइरीले साफकाे फाइनलपछि टाेलीमा नबस्ने घोषणा गरेका हुन् । उनले एक महिनाअघि नै राजीनामा दिएकाे भए पनि स्वीकृत भने भएको छैन । सााफमा नेपाललाई फाइनल पुर्याएलगत्तै प्रतियोगिता सकिएपछि राजीनामा लागु हुने र आफूले टोली छोड्ने उनले पत्रकार सम्मेलनका क्रममा बताएका हुन् ।

अल्मुताइरीले उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताए । उनले साफको इतिहासमा नेपाललाई पहिलाेपल्ट फाइनल पुर्याएर इतिहास रचेको र फाइनल खेल नै नेपाली टाेलीमा आफ्नो प्रशिक्षणकाे अन्तिम खेल हुने बताएका हुन् ।

अलमुताइरीकै प्रशिक्षणमा नेपालले पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरिसकेको छ । बुधबार भएको खेलमा बंगलादेशलाई १-१ गाेलको बराबरीमा रोक्दै नेपाल फाइनल पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV