२७ आश्विन २०७८, बुधबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ९४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ६ सय ७१ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय २६ जना र १ हजार ९ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९७ हजार १३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६०९ जना कोरोनामुक्त भए, ४ को मृत्यु

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ६ सय ९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७८ हजार ३ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५ सय ९४ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ३१ हजार ३०८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV