
- विकास पौडेल
चितवन । पूर्वी चितवनको खैरहनीमा दुईवटा मोटरसाइकल एकआपसमा ठक्करखादा दुवैजना चालकको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर ८ पर्सा बजारमा प्र ३–०३–००१प ८४८० नम्बरको मोटरसाइकल र प्र ३–०३–००२ प ४८५ नम्बरको मोटरसाइकल आज बिहान करिब ९.४५ बजे ठक्कर खाएको थियो ।
दुर्घटनामा परि घाइते भएकामध्य खैरहनी नगरपालिका वडा नम्बर ८ निवासी ४५ वर्षिय चन्द्र बहादुर तिमिल्सीनालाई अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यस्तै गम्भिर घाइते खैरहनी ९ निवासी २१ वर्षिय सुशान्त भण्डारीको उपचारको क्रममा दिउँसो करिब २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।