२७ आश्विन २०७८, बुधबार

मुगु । मंगलबार मुगुमा भएकाे बस दुर्घटनामा ज्यान गुमाएका सबैकाे पहिचान खुलेकाे छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढीका लागि छुटेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ बजेतिर छाँयानाथ रारा नगरपालिका– ७ पिना गाँउको तपनेखोलामा दुर्घटना भएको थियो । उक्त बसमा चालकसहित ४५ जना यात्रुहरु रहेका थिए । दुर्घटना भएको बसको चालक बस्ने साइड तिरको टायर पञ्चर भई बस अनियन्त्रित हुँदा ५ सय मिटर तल खसेको बताइएको छ । सो क्रममा ३२ जनाको मृत्यु र १३ जना घाइते भएको प्रहरीले बताएको छ ।

प्रहरी चाैकी पिना, मुगुले उपलब्ध गराएकाे  दुर्घटनाका घाइते तथा मृतककाे विवरण यसप्रकार छ-

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV