२७ आश्विन २०७८, बुधबार

महोत्तरी । यहाँस्थित बर्दिवासमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुइटा मोटरसाइकल ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् ।

बर्दिवास नगरपालिका– ४ पन्चधुरा स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार राति उक्त दुर्घटना भएको हो । ज १२ प २९६१ नं. को मोटरसाइकल र प्र २–०१–००२ प–०५९७ नंंको मोटरसाइकल एकआपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा बर्दिवास नगरपालिका वडा नं. ३ गौरीडाँडाका २६ वर्षीय सुरज तामाङ र सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १ का २८ वर्षीय विजयकुमार महतो रहेका छन् । यसैगरी बर्दिवास– ३ गौरीडाँडाकै सोनु सिंह गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । अन्य दुई जना समेत घाइते रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV