२७ आश्विन २०७८, बुधबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुगुमा भएको बस दुर्घटनाले स्तब्द भएको बताएका छन् ।

‘प्रचण्ड’ले मुगु, कास्की र अछाममा भएका सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै प्रचण्डले सरकारलाई सो आग्रह गरेका हुन् ।

विज्ञेप्तीमा प्रचण्डले भनेका छन्, ‘नेपाली सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव र सरोकारवाला निकायबाट निगरानी नहुँदा देशमा दिनदिनै यसप्रकारका सवारी दुर्घटनाका घटनाहरू बढ्दै गइरहेको देखिन्छ’।

 

LIVE TV