२७ आश्विन २०७८, बुधबार
  • युवराज आचार्य

झापा । झापाका अग्रज पत्रकार सन्तोष आचार्यको पहिलो कृति ‘रिडर्स गफ’ विमोचन गरिएको छ । विजय दशमीको अवसर पारेर फूलपातिका दिन मिडिया रिसर्च सेन्टरले विर्तामोडमा एक कार्यक्रमका बिच पत्रकार आचार्यद्वारा लिखित कृति ‘रिडर्स गफ’ विमोचन गरिएको हो ।

प्रगतिशील लेखक पुन्य खरेलकाे प्रमुख आतिथ्य रहेको विमोचन कार्यक्रममा रिडर्स झापाका संस्थापक अध्यक्ष उज्ज्वल प्रसाईको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा साहित्यकार एवम् सञ्चारकर्मीद्वय लीला अनमोल र कुमार भट्टराईले कृतिको परिचर्चा गरेका थिए । कृतिको लेखन बारेमा अग्रज पत्रकार, पत्रकार महासंघ झापा शाखाका पूर्व सचिव एवम् कृतिकार सन्तोष आचार्यले बोलेका थिए ।

त्यसैगरी प्रमुख अतिथि खरेल, विशेष अतिथि प्रसाई र कृतिको भाषा सम्पादन गर्न सहयोग पुर्याएका प्राध्यापन जनार्दन दाहालले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा अग्रज पत्रकार मोहन काजी न्यौपाने, सुव्रत न्यौपाने, पर्वत पोर्तेल, शैलेश दाहाल, दिपिन राई, उद्धव पुरी, ग्रिष्मा सापकोटा, हरि तिमसिना, दिलिप थापा, विनय कार्की, गगन ढकाल, हेम लम्साल, गोविन्द पोखरेल, प्रदीप परियार, रमेश तिवारी, धर्मानन्द खनाल, दामोदर ढुङ्गेल लगायत पत्रकार तथा साहित्यकारको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV