२७ आश्विन २०७८, बुधबार
  • प्रेम सुनार

गुल्मी । गुल्मीको मुख्य नाका रिडीबाट मात्रै पछिल्लो ९ दिनमा करिव २५ हजार मानिसहरु जिल्लामा भित्रिएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङक अनुसार असोज १८ गतेदेखि असोज २६ गतेसम्म २४ हजार ७ सय ४ जना मानिस गुल्मी भित्रिएका हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईका अनुसार वेलहिया नाका खुल्ला गरिएको दिन (असोज १८ गते) रिडी नाकाबाट ८१५ जना भित्रिएका थिए ।

त्यस्तै १९ गते १२२५, २० गते ११८१, २१ गते १२३२, २२ गते २०११, २३ गते ३४२०, २४ गते ३७६२, २५ गते ४८१६ र असोज २६ गते ६२४५ जना गुल्मी भित्रिएका थिए ।

जिल्लाका सबै नाकाहरुमा र सदरमुकाम तम्घासको बसपार्कमा हेल्थ डेक्स राखिएको एसपी भट्टराईले बताए ।

जिल्लाको अर्घाखाँची सिमना नेटा, प्युठान अर्घाखाँचीको सिमना सौतामारे–पुर्कोटदह, प्युठानको अर्को सिमना अग्लुङ्गवेसी, बाग्लुङ्गको गंगारे, भिमगिठे, खाला, खारा , ग्वालीचौर , राक्से खर्बाङ्ग , बरेङ्ग र स्याङजा, पर्वतको सिमना कालिगण्डकी गाउँपालिकाका विभिन्न नाकाबाट गुल्मी प्रवेश गर्नेहरुको तथ्याङक भने छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV