२७ आश्विन २०७८, बुधबार

एजेन्सी । डेनमार्क फिफा विश्वकप-२०२० मा छनोट भएको छ । गएराति भएको खेलमा अष्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै डेनमार्क विश्वकप-२०२० छनोट भएको हो ।

योसँगै डेनमार्क विश्वकप-२०२० छनोट दोस्रो देश बनेको छ । गत मंगलबार नर्थ म्यासेडोनियालाई ४-० ले पराजित गर्दै जर्मनी यसअघि नै विश्वकप भइसकेको छ । कतार आयोजकको रुपमा छनोट भइसकेको छ ।

डेनमार्कलाई जित दिलाउने जोकिम माहेलको गोल नै निर्णायक बन्यो । उनले ५३औं मिनेटमा थोमस डिलानेको पासमा गोल गरेका थिए ।

योसँगै डेनमार्कले ८ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित अष्ट्रिया १० अंक जोडेर चौथो स्थानमा रहेको छ ।

डेनमार्कले समूह चरणको दुई खेल बाँकी नै छ । उसले अब फारोइ आइल्यान्ड र स्कटल्यान्डसँग खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV