२७ आश्विन २०७८, बुधबार

एजेन्सी । फिफा विश्वकप-२०२२ को छनोट खेलमा फोर्तुगलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पोर्तुगलले लक्जेम्बर्गलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

पोर्तुगललाई सानदार जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गरे ।

खेलको आठौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्तुगललाई अग्रता दिलाएका थिए । १३ औं मिनेटमा पुनः पेनाल्टीमार्फत नै रोनाल्डोले गोल गर्दै पोर्तुगलको अग्रता दोब्बर बनाए ।

१७ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै पोर्तुगललाई ३-० ले अघि बढाए । ६९ औं मिनेटमा जोआओ पाल्हिन्हाले गोल गर्दै ४-० को अग्रता दिलाए । ७८ औँ मिनेटमा रोनाल्डोले हेडरमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै सानदार जित दिलाए ।

यस जितसँगै पोर्चुगल अंक तालिकामा दोस्रो स्थानमा कायम छ । शीर्षस्थानको सर्बियाको ७ खेलमा १७ अंक तथा पोर्चुगलको ६ खेलमा १६ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV