२७ आश्विन २०७८, बुधबार

एजेन्सी । फिफा विश्वकप-२०२२ छनोट खेलमा जापानले अष्ट्रेलियालाई पराजित गरेको छ । मंगलबार भएको खेलमा जापानले अष्ट्रेलियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको आठौं मिनेटमा आओ तानकाको गोलमा अग्रता लिएको थियो । उनले ताकुमी मिनामिनोको पासमा गोल गरेका थिए । दोस्रो हाफको ७० औं मिनेटमा अष्ट्रेलियाले बराबरी गोल फर्कायो । एज्दीन हर्स्तिचले फ्रिकिकमार्फत गोल गरेका थिए ।

खेलकोे ५ मिनेट बाँकी हुँदा सानोको प्रहार पोस्टमा लागेर फर्केपछि अष्ट्रेलियाका अजिज बेहिचलाई लाग्दै आत्मघाती गोलमा परिणत भएको थियो ।

यस जितसँगै ४ खेल खेलेको जापानले २ जित र २ हारसँगै मात्र ६ अंक छ । अष्ट्रेलिया ४ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा छ । साउदी अरेबियाको ३ खेलमा ९ अंक छ । जापान ६ अंकसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV