२७ आश्विन २०७८, बुधबार

विसं २०७८ साल असोज २७ गते, बुधबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार १३ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– अष्टमी, २३ः४४ बजे उप्रान्त नवमी । नक्षत्र– पूर्वाषाढा१४ः५३, बजे उप्रान्त उत्तराषाढा । योग– अतिगण्ड, ११ः२६ बजे उप्रान्त सुकर्मा। करण– अतिगण्ड ११ः२६ बजेदेखि वव, २३ः४४ बजे उप्रान्त तैतिल । काठमाडौंमा सूर्योदय बिहान ६ः०३, सूर्यास्त बेलुकी ५ः३५ बजे ।

मेष : महत्वपूर्ण काय बन्नाले मनमा उत्साह थपिनेछ । पारिवारिक भेटघाटमा समय व्यतित हुनेछ । हनुमान चालिसा गर्नु होला ।

वृष : समृद्धिको बाटोमा अघि बढ्ने सम्भावना रहेकोछ । प्रमे प्रस्ताव आउनेछ । प्रतिष्ठित व्यक्तिहरूको साथ पाइनेछ । भैरव जीको दर्शन गर्न ।

मिथुन : कार्य सफलता बढ्नेछ । आर्थिक हिनामिना हुनेछ । पारिवारिक मिलन हुनाले दिन आनन्दमय संग वित्नेछ । कुलदेवताको सेवा गर्न कार्य सफलता हुनेछ ।

कर्कट : मित्रजको सहयोग प्राप्त हुनेछ । आर्थिक समृद्धि प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नेछ । सन्ध्या पछि स्वास्थ्यमा समस्या आउनसक्छ ।

सिंह : बोलिको प्रभाव बढ्नेछ । पारिवारिक जीवन सन्तोषप्रद रहने । केही खराब संगतले झुटो दोष लाग्नेछ । मध्यान्तपछि भाग्यले साथ दिनेछ । परेवालाई दानानु ।

कन्या : पारिवारिक समेल हुनेछ । आर्थिक समृद्धि प्राप्त हुनेछ । प्रेम सम्बन्धमा समस्या आउनेछ । कमिलालाई चिनी खान दिनु राम्रो हुने छ ।

तुला : यात्रा मनोरञ्जनका साथ वित्नेछ । चाहना नहुदा नहुँदै पनि धोका दिनुपर्ने बाध्यतामा परिनेछ । सामान्य कुरामा पनि विवाद हुनेछ । बोल्दा विचार गर्नुहोला ।

वृश्चिक : कार्य क्षेत्रमा समय नदिनले मध्यान्नमा आर्थिक समस्या आउनेछ । दाजुभाइसंग सम्बन्ध विग्रनेछ । मर्यादा पालन गर्नु होला ।

धनु : बोलीको प्रभाव बढ्नेछ । आर्थिक समृद्धि हुनेछ । प्रेमप्रेमिका विच बोलचाल बन्द हुनेछ । पेटसम्बन्धी समस्या आउनेछ । खानपिनमा ध्यान दिनु होला ।

मकर : मनोरञ्जनका साथ दिन बित्नेछ । आर्थिक लेनदेनमा समस्या आउनेछ । सन्तानबाट सुख शान्ति प्राप्त हुनेछ । गणेश जीको आरधना गर्नु होला ।

कुम्भ : वैदेशिक कार्य सम्पन्न हुनेछ । पुराने व्यवहार मिल्नेछ । साथीभाइसँग घुमफिरका साथ मनोरञ्जन गरिनेछ । महत्वपूर्ण सामाग्री हराउन सक्नेछ ।

मीन : आर्थिक क्षेत्र सुधार हुनेछ । मध्यान्हपछि नसोचेको धन प्राप्त हुनेछ । दाम्पत्य जीवन सुखद् मय वित्नेछ । परेवालाई दाना दिनु होला ।

ज्योतिष अर्जुनप्रसाद न्यौपानेबाट
सम्पर्क नम्बर : ९८४१७९६७८८

प्रतिक्रिया दिनुहोस्

LIVE TV