२६ आश्विन २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सडक दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

उहाँले शोकमा परेका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा भन्नुभएको छ, ‘मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तव्ध भएको छु। दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु। दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ।’
·
‘सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु’ प्रधानमन्त्री  देउवाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV