२६ आश्विन २०७८, मंगलवार

काठमाडौं । सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर विशाल श्रेष्ठले नेपाल बंगलादेशविरुद्ध जीत हात पारेर फाइनलमा उत्रन सक्षम रहेको बताएका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र कप्तान किरण चेम्जोङको सट्टा खेल पूर्व आयोजित पत्रकार सम्मेलनमा उपस्थित भएका सहायक प्रशिक्षक किरण श्रेष्ठ र गोलकिपर विशाल श्रेष्ठ नेपालले खेल जित्ने दावी गरेका हुन् ।

नेपालले साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा बुधबार साँझ चिरप्रतिद्धन्द्धी बंगलादेशसंग खेल्नेछ ।

बंगलादेशसंग खेल्न तयार रहेको भन्दै सहायक प्रशिक्षक किरणले आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने र फाइनलमा पुग्न सफल हुने विश्वास गरेको बताएका छन् ।

उनले भने, भोलिको खेल हाम्रा लागि महत्वपूर्ण छ र राम्रो नतिजाका लागि खेल्नेछौ । हामी स्कोर गर्नका लागि खेल्नेछौ । हामीसंग दबाव छैन, दबाब जति भारतमाथि रहेको छ ।

बंगलादेशलाई पनि जित्नुपर्ने दबाव रहेको र आफुहरुलाई बराबरी भएको खण्डमा फाइनलमा पुग्ने बताए । नेपालले दबाव खेप्न सक्ने क्षमता भएको र त्यसका लागि हामीहरु तयार छौ । हामी मानसिक रुपमापनि तयार छौ, जित्नका लागि नै खेल्नेछौ । ु

यो खेलमा बराबरी खेलेमा नेपालले फाइनलमा स्थान बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV