२६ आश्विन २०७८, मंगलवार

काठमाडौं । मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको निष्पक्ष छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।

मंगलबार सरकारलाई आयोगले दोषीलाई कारबाही गर्न, मृतकको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेहरुको निशुल्क उपचार गराउन र वास्तविक घरवारविहीनलाई बसोबासको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

बुटवलको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासीमाथि सोमबार प्रहरीले गोली चलाएको थियो । उक्त समयमा ४ जनाको ज्यान गएको थियो भने सुकुम्बासी र प्रहरीतर्फ गरी ६० भन्दा धेरै घाइते भएका थिए ।

आयोगले प्रेस विज्ञप्ति गर्दै घटनाबाट उत्पन्न परिस्थितिबाट मानव अधिकारको प्रत्याभूति र शान्ति सुरक्षाको बहालीमा थप चुनौती हुन नदिन संयमता अपनाउन र वार्तामार्फत विवाद समाधन गर्न पनि आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV