२६ आश्विन २०७८, मंगलवार

बुटवल । बुटवलमा असोज २४ गते दिउसो ४ बजे देखि लगाईएको कर्फ्‍यू आजदेखि हटाइने भएको छ ।

बुटवलको मोतिपुरमा रुपन्देही प्रशासनले लगाएको कर्फ्‍यू आज राति १२ बजे देखि हटाउने जनाएको छ ।

मंगलबार एक सूचना जारी गर्दै कर्फ्‍यू हटाइने जनाएको हो। शनिबार बुटवल उप–महानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा टहरा बनाउने समूह र प्रहरीबीच शनिबार झडप भएको थियो । उक्त झडपमा प्रहरीको गोली लागेर चार जना सर्वसाधारणको मृत्यु र प्रहरीसहित ७० जना भन्दा बढी घाइते भएपछि कर्फ्‍यू लगाइएको थियो ।

तेस्रो दिनमा त्यहांको स्थिति सामान्य अवस्थामा फर्कन थालेपछि कर्फ्‍यू हटाइएको जनाइएको छ। सूचना अनुसार भदौ २८ गते देखि नै जारी गरिएको निशेधाज्ञा भने यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV