२६ आश्विन २०७८, मंगलवार
  • प्रेम सुनार

बुटवल । दशै मान्नका लागि भारतको मुम्वईबाट घर आउँदै गरेका गुल्मीका एक ब्यक्ति वेलहिया नाकाबाट गत तिन दिन देखि बेपत्ता भएका छन् । गुल्मीको रेसुंगा नगरपालिका –१४ पराल्मी तामटोल घर भएका ६८ वर्षीय गोमानसिङ घर्ती मगर असोज २३ गते शनिवार देखि बेपत्ता भएका हुन् ।

पराल्मी स्थित बेपत्ता घर्ति मगरकी भदैनी अमृता पेमीका अनुसार भदौ २१ गते मुम्बईबाट हिडेका उनीहरु असोज २३ गते विहान १० बजे नेपाल भित्रिएका थिए । मुम्वईबाट घर्ति मगरकी श्रीमति देउकला घर्ति, उनका कान्छा छोरा अर्जुन घर्ति सगै आएका थिए ।

त्यही क्रममा ल्याईएका सामानहरु रुजु गर्न लागेकी श्रीमति र छोराले पछाडि फर्केर हेर्दा उनलाई नदेखेर खोजतलास सुरु गरेका थिए ।

त्यस यता खोज तलास गर्ने क्रममा भारत तर्फको सुनौली बोर्डरको सिसीटिभीमा उनी भारत तर्फ लागेको देखाएको छैन् । नेपाल तर्फ बेलहिया बोर्डरको सिसिटिभी भने देखाउन नमानेको परिवारजनको गुनासो छ ।

बेपत्ताको खोजीका लागि परिवारजनले बेलहिया ईलाका प्रहरी कार्यालयमा निवेदन दिए पनि हाल सम्म खोज तलास नभए पछि सञ्चार माध्यमको सहरा लिनु परेको परिवारजनको भनाई छ ।

बेपत्ता ब्यक्तिको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोज केसीको ध्यानकृष्ट गराउँदा तस्वीर सहित परिवारजन आफुलाई भेट्ने आए लगत्तै आफुले बेपत्ताको खोज तलासमा तिब्रता दिने बताए ।

बेपत्ता ब्यक्ति कालो वर्ण, भएको र सेतो कालो धर्कावाला टिसर्ट कालो पाइन्ट र हातमा घडी बाँधेका हुलिया भएको र उनलाई देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकी वा परिवारजनको मोवाईल नम्वर ९८६१८४१७१६ र ९७४२३६४०७७ मा सुचित गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV