२६ आश्विन २०७८, मंगलवार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ६ सय १९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ६० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ९१ जना र २ हजार ५०० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०१जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९६ हजार ७७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७९२ जना कोरोनामुक्त भए, १४ को मृत्यु

कोरोना भाइरस ९कोभिड–१९०को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय १० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७७ हजार ७ सय ४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ६ सय १९ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख २५ हजार ७१४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV