२६ आश्विन २०७८, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४औँ महाधिवेशनबारे आफु अनविज्ञ रहेको बताएका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन थापाले कांग्रेसको १४ महाधिवेशन कहिले हुने आफूलाइ थाहा नभएको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफु नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएपनि महाधिवेशन कहिले हुन्छ भन्ने आफुलाई नै थाहा नभएको बताएका हुन् ।

शीर्ष नेताहरूको काम गर्ने तरिकाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भने, अझै केही जिल्लामा क्रियाशील विवाद कायमै रहेको , पार्टी केन्द्रीय कार्यालयमा अनसन जारी रहेको र यी तमाम विवाद नसुल्ट्याइ महाधिवेशन सम्भव नहुने हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV