२६ आश्विन २०७८, मंगलवार
  • दान बहादुर बुढा

मुगु । नेपालगन्जबाट मुगुका लागि आएका बस यहाँस्थित छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनाग्रस्त भएको छ । दुर्घटना आज (मंगलबार) दिउँसो २ बजेतिर भएको हो ।

छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँ (झ्यारीखोला) मा भे १ ख ६७ नम्बरको बस दुर्घटना भएको सो दुर्घटनामा कम्तिमा पनि २३ जनाको मृत्यु भएको छ । साथै डेढ दर्जन जति यात्रु घाइते भएको मुगु प्रहरीले जनाएको छ ।

बस नेपालगञ्जबाट दशैँमा घर फर्किएका यात्रु बोकेर मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको थियो । प्रारम्भिक जानकारी अनुसार भिरालो बाटोका कारण बस दुर्घटना भएको देखिएको छ । अहिले घटनास्थलमा घाइतेहरुको उद्धार कार्य भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV