२६ आश्विन २०७८, मंगलवार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार रहेको बताएका छन् ।

दसैँ, तिहार, नेपाल संवत्, छठ लगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा दातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएकाले यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु हाम्रो कार्यभार रहेको बताएका हुन् ।

उनले भनेका छन्, बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ-आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरू छन् । यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकलादेखि नै स्वतन्त्र, अविभाज्य र एकताबद्ध राष्ट्र बन्न सफल भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV