२६ आश्विन २०७८, मंगलवार
  • रामगोपाल तमखु

भक्तपुर । भक्तपुरको खोह्रे (हनुमान घाट) स्थित महेश्वरी खेल मैदानको वरपर करिव ५सय भन्दा बढि राँगाहरु बिक्रिका लागि राखिएको छ ।

भक्तपुर जिल्लाको पुर्व रामेछाप र पश्चिमका तराई जिल्लाबाट र भारत बाट समेत राँगाहरु भित्रिएको व्यपारीहरुले बताएका छन । प्रति राँगा पचिस हजार देखि ८५ हजार सम्मामा बिक्रि हुने गरीरहेको ब्यापारीहरुले बताएका छन ।

भक्तपुरका नेवा समुदायले दशैंमा राँगाको मासु बढी प्रयोग गर्ने भएकाले पनि राँगाको व्यापार राम्रो भएको व्यापारीहरुको भनाइ छ । यहाँ फुलपाटीका दिन बिभिन्न टोलका गुठीहरुबाट राँगो काट्ने र घरघरमा मासु भित्र्याउने परम्परा छ ।

दशैंमा राँगालाई महिशासुर दैत्यको रुपमा लिने भएका पनि फुलपाती देखि नवमी सम्म नै विभिन्न गुठि समुहहरुले टोल टोलमा राँगा बलिदिने परम्परा रहेको छ । त्यस्तै नवमीका दिन नवदुर्गा मन्दिरमा राखेका खँ मे जात्रा अर्थात राँगो जात्रागरि ब्रम्हायनी मन्दिरमा पुर्याइ खँःम्येलाइ नवदुर्गा भवानी देवगणले बलिदिने चलन छ । भक्तपुरका तलेजु मन्दिरमा पनि अस्तमीको राति २५ वटा र नवमीका दिन ७ वटा राँगाहरुको बलिदिने गरिन्छ ।

दशैंका लागि मुस्ताङबाट ३ हजार भन्दा वढि च्याङ्ग्रा भक्तपुर ल्याइसकेको छ । भक्तपुरको सल्लाघारी स्थित ९९ रोपनीको चौरमा करिव २ हजार भन्दा बढि मुस्ताङगी च्याङ्ग्रा ल्याएको छ भने च्याङग्रा किन्नेहरुको भिड लागेको छ ।

यस बर्ष च्याङ्ग्राको मुल्यमा बृद्धि भएर गतसालको भन्दा धेरै महँगो भएको व्यापारीहरु बताउन्छन् । गत साल जिउँदो च्याङ्ग्रा ६ सय ५० प्रतिकिलोमा किनवेच भएको थियो भने यो बर्ष प्रतिकिलो १२ सयमा बेच्ने गरेको ब्यापारीहरुले बताएका छन । धेरै लानेलाई भने केही घटाएर बेच्ने गरेको एक ब्यापारीले बताए ।

च्याङ्ग्राको मासु प्रतिकिलो २६सयमा बेचीरहेका छन् । जिउँदो खसी भने प्रति किलो ६ सय देखि ७सयमा बिक्री भईरहेको छ । यो बर्ष च्याङ्गा, खसी, बोकाको स्वास्थ्य परिक्षण भने अहिले सम्म गरिएको देखिएन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV