२६ आश्विन २०७८, मंगलवार
  • राम गोपाल तमखु

भक्तपुर । दशैँमा घरजानेको चाप बढ्दा अरनिको राजमार्ग अन्तर्गत जगातीदेखि सल्लाघारीसम्म जाम बढेको छ ।

सवारी साधनको चापसंगै सार्वजनिक सवारीमा पनि खाँदिएर यात्रा गर्ने यात्रुको संख्यामा पनि दोब्बर वृद्धि भएको छ ।

संक्रमणको जोखिम कोभिड महामारीको समयमा सामाजिक दुरी कायम गरि स्वास्थ्य मापदण्ड पालना गरि दशैं मनाउन घर जानेहरुका लागि ब्यवस्था गर्न सम्बन्धित निकायले ध्यान जरुरी छ ।

बिहान सुर्यविनायक चोकमा गाडी पर्खेर बस्नेहरुको भिड लागेको छ । बिहान करिव ५ः३० बजे देखि दिउँसो १२ः३० बजेसम्म जगाती चोक देखि सल्लाघारी सम्म गाडी जाम भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV