२६ आश्विन २०७८, मंगलवार

काठमाडाैं ।  हामीलाई अति आवश्यक पर्ने पोषणतत्व पाइने खाद्य पदार्थका रुपमा मासुलाई लिइन्छ । अझ भन्नु पर्दा चाडबाडको बेलामा मासुको खरीद बिक्री अतयाधिक मात्रामा हुन्छ । यसरी मासु खरिद बिक्री गर्दा ध्यान दिनु नितान्त आवश्येकता हुन्छ ।

त्यस्तै, मासुमा पाइने पोषणतत्व अन्य स्रोतबाट पनि प्राप्त हुने भए पनि ती स्रोतहरु आम सर्वसाधारणका लागि असहज हुन सक्छन् । तसर्थ मासु नै अन्य स्रोतभन्दा सहज र सर्वसुलभ भएकाले पनि यसको खपत बढी भएको हुनसक्छ ।

चाडबाडको अवसरमा मासुबाट बिभिन्न परिकार बन्ने हुँदा नेपाली समाजमा दशैंलाई मासु खाने चाडको रुपमा पनि लिइन्छ । तर चाडबाडमा मासु धेरै खानुपर्छ भन्ने माज्यताले रोग निम्त्याउन सक्छ । स्वच्छ मासु सन्तुलित भोजनको एक अंश मात्र हो । नपाउँदा नखाने र पाउँदा एकैपटक धेरै र अस्वस्थ ढंगले मासु खानाले चाडपर्वमा रमाइलोभन्दा तनावको अवस्था आउनसक्छ ।

यसर्थ स्वाद वा पोषण जेकालागि मासु सेवन गरे पनि आधुनिक समाजमा मासु सेवनबारे बिभिन्न कोणबाट बहश हुने गरेका छन् । नेपालको प्रतिव्यक्ति प्रतिवर्ष मासु खपत ३ केजीबाट बढ्दो क्रममा छ । हाल उपत्यकामा मात्र प्रतिदिन एक लाख किलो र उपत्यका बाहिर साढे तीन लाख किलो मासुको कारोवार हुने गरेको छ ।

मासुबाट लाग्ने रोगहरु यस प्रकार छन्ः

मासुबाट लाग्ने परजीवी रोगहरुमा टेनियासिस्, हाइडाटिडोसिस्, सिस्टिसकौसिस्, ट्राइचुनेलोसिस्, इकानोकोकोसिस् र नाम्ले जुका मुख्य हुन् ।

यी सबै संक्रमण पशुको काँचो मासु र अन्य संक्रमित काँचो मासुका परिकारबाट मानिसमा सर्छन् । त्यस्तै बिषाणुजन्य रोगहरुमा बर्डफ्लु, खोरँत र रानिखेत पर्छन् भने जीवाणुजन्य रोगहरुमा एन्थ्राकस, बुस्रेलोसिस्, बोभाइन एण्ड एभिएम ट्यूवरकुलोसिस्, टाइफाइड फिवर, लेप्टोस्सपाइरोसिस्, स्ट्रेप्टोकोकोसिस्, स्टेफाइलोकोकोसिस् पनि सर्न सक्छन् ।

प्रोटोजोवाजन्य रोगहरुमा भने टोकोसोप्लाज्मासिस्, जियाडियोसिस्, अमिबियोसिस्, यालान्टिडियोसिस् आदि रोग सर्ने सम्भावना अत्याधिक हुन्छ । यी बाहेक मासुजन्य पदार्थकै कारण दाद र लुतो पनि हुने संभावना हुन्छ ।

मासु सेवनकालागि पशुपंक्षी कस्तो हुनुपर्छ ?

१.कुनै पनि रोग नलागेको हुनुपर्छ ।
२.अत्याधिक दुब्लो र अत्याधिक मोटो हुनु हुँदैन ।
३.बाहिरी अंगबाट पनि धेरै रोगका लक्षण थाहा पाइने हुँदा पशुपंक्षीका आँखा, नाक, मुख, छाला र रौं सामान्य हुनुपर्छ ।
४.धेरै हिँडाएर ल्याएको छ भने एक दुई दिन आराम गराउनु पर्छ । ठूलो पशु बध गर्नुपूर्व ६ देखि बाह्र घण्टाअघि दाना र घाँस रोकी पानी मात्र दिनुपर्छ ।
५.कुखुरालाई फिड सप्लिमेन्ट, हर्मोन तथा एन्टीवायोटिक दिएको ३ देखि ५ दिनपछि मात्र बध गर्नुपर्छ ।
६.गर्भवती र दुधालु पशु बध गर्नु हँुदैन ।
७.बध गर्नुअघि एन्टिमोटिम र बध गरिसकेपछि पोस्टमोटिम गर्नुपर्छ ।

मासु किन्दा ध्यान दिनु पर्ने कुराहरुः

१.बध गरेको अवस्थामै मासु किनेर ल्याउँदा पनि त्यसलाई ३÷४ घण्टा डिपफ्रिजमा राखेर राम्ररी पकाउनु पर्छ । डिपफ्रिज छैन भने मनतातो पानीमा पखालेर मात्र पकाउनु राम्रो हुन्छ ।
२.मासु पसल शिसा राखेको, डिपफ्रिजको व्यवस्था तथा सकभर विजुलिवत्तिको वैकल्पिक व्यवस्था भएको, भेन्टिलेटर तथा धुलोरहित र अन्य घरपालुवा जनावरको सम्पर्करहित हुनुपर्छ ।
३.कुखुराको मासु किन्दा छाला निकालेर, कलेजो, फोक्सो, मलद्धारनली र अन्ननली फ्यालेर किन्नुपर्छ । यसो गर्दा छालामा डिपोजिट भएर बस्ने भ्याक्सिन, कलेजोमा डिपोजिट भएर बस्ने एन्टिबायोटिक तथा यसमा रासायनिक प्रतिक्रिया भएर बन्ने केमिकलको हानिवाट जोगिन सकिन्छ । त्यस्तै अन्ननली र मलद्धारनलीमा रहने व्याक्टेरियाको संक्रमणबाट बँच्न सकिन्छ ।
४.मासु किनेर खुल्ला नराख्नु उत्तम हुन्छ । उपलब्ध भए डिपफ्रिजमा राख्ने वा आगोको छेउछाउमा ठूलो भाँडोमा छोपेर राख्नुपर्छ ।

यदि राँगा, सुँगुर तथा वंगुरको मासु किन्ने हो भने सेतो र चम्किलो फोकाजस्तो मासुमा देखिएमा त्यस्तो मासुमा परिपक्व टेनिया सिस्ट हुनसक्छ । यसको सेवनवाट सिस्टीसाकोसिस (दिमागमा जुका पर्ने) रोग लाग्न सक्छ । यो रोग छारेरोगसँग मिल्दोजुल्दो हुन्छ । मासुमा पाइने पौष्टिक तत्वहरुःप्रोटिन,बोसोजन्य पदार्थ,कार्वोहाइड्रेट,सोडियम,पोटासियम,म्याग्नेसियम,जिङ्क,क्याल्सियम,भिटामिन आदि ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV