२६ आश्विन २०७८, मंगलवार

एजेन्सी । फिफा विश्वकप-२०२२ छनोटमा नेदरल्यान्ड्सले सानदार जित निकालेको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सले जिब्राल्टारलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई सानदार जित दिलाउनको लागि मेम्फिस डिपाएले दुई गोल र दुई असिस्ट गरे । त्यस्तै भर्जिल भान डाइक, डेन्जेल डेम्फ्रेज, अर्नाउट डानजुमा र डोनियल मालेनले समान एक–एक गोल गरे ।

खेलको नवौं मिनेटमा भर्जिल भान डाइकको गोलबाट नेदरल्यान्ड्सले अग्रता दिएका थिए । उनले मेम्फिस डिपाएको पासमा गोल गरेका थिए ।

२१औं मिनेटमा डिपाएले गोल गर्दै अग्रता दोब्बर बनाए । उनले डाभी क्लासेनको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा डिपाएले गोल गर्दै ३-० को अग्रता बनाए ।

४८औं मिनेटम डेन्जेल डेम्फ्रेजले गोल गर्दै नेदरल्यान्ड्सलाई ४-० ले अघि बढाए । उनले नोआ लाङको पासलाई सदुपयोग गरेका थिए ।

७५औं मिनेटमा अर्नाउट डानजुमाले गोल गर्दै ५-० को अग्रता दिलाए । ८६औं मिनेटमा डोनीयल मालेनले गोल गर्दै नेदरल्यान्ड्सलाई सानदार जित दिलाए ।

यो जितसँगै समूह ‘जी’ मा नेदरल्यान्ड्स ८ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित जिब्राल्टार अंकविहीन हुदै पुछारमा छ ।

LIVE TV