२६ आश्विन २०७८, मंगलवार

एजेन्सी । फिफा विश्वकप-२०२२ को छनोट खेलमा क्रोएसिया हारबाट जोगिएको छ । गएराति भएको खेलमा क्रोएसिया दुईपटक पछि परेपनि स्लोभाकियालाई २-२ गोलको बराबरीमा रोक्न सफल भएको हो ।

खेलको २०औं मिनेटमा इभान श्रयन्सले गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाए । उनले मारेक हाम्सिकको पासमा गोल गरेका थिए ।

२५औं मिनेटमा एन्ड्रेज क्रामारिकले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । ४५औं मिनेटमा लुकास हरसलिनले गोल गर्दै स्लोभाकियालाई पुनः अग्रता दिलाए ।

७१औं मिनेटमा कप्तान लुका मोड्रिचले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याउँदै क्रोएसियालाई हारबाट जोगाए ।

यो बराबरीपछि समूह ‘एच’ मा क्रोएसिया ८ खेलबाट १७ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । स्लोभाकिया १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV