२५ आश्विन २०७८, सोमबार

काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जाने सहायक कामदार छनौटको नतिजा सार्वजनिक भएको छ ।

सोमबार वैदेशिक रोजगार विभागले एक हजार ६ सय उम्मेदवारबाट छनोट गरेर इजरायल जानका लागि १ हार १ सय ७५ जनाको नामावली सार्वजनिक गरेको छ ।

इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत ८२१ महिला र ३५४ जना पुरुष कामदारको नाम छनोट गरेर पठाएको थियो । र, त्यहीँ आधारमा आवेदनकर्ताहरु छनोटमा परेका थिए ।

आवेदन दिएर छनौटमा परेकाहरु इजरायल जान पाउनेछन् । छनोटमा परेर जाने श्रमिकले हप्ता ४२ घण्टा काम गर्नुपर्ने छ । श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ ।

सुरुमा एक वर्षको करार ५ वर्षसम्म थप गर्न सक्ने व्यवस्था छ । इजरायल जान लाग्ने अनुमानित १ लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ । त्यहाँ तोकिएका आयकर लगायतका कर पनि तिर्नुपर्ने हुन्छ ।

हेर्नुहाेस्र सूची : 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV