२५ आश्विन २०७८, सोमबार

काठमाडौं । पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा नियुक्त भएका प्रेम आलेले चार महिनादेखि आन्दोलित नेपाल वायू सेवा निगमका कर्मचारीहरुलाई वार्तामा ल्याएसँगै आन्दोलन तोडिएको छ ।

आलेले मन्त्रीको सपथ ग्रहण गरेको ४८ घन्टाभित्र आन्दोलित कर्मचारी र कर्मचारीले नेवानीमा लगाएको ताला खोल्न सफल भएका छन् ।

सोमबार मन्त्री आलेसँग फेस टु फेस वार्ता गरेर आफ्ना मागहरु सम्बोधन गर्न मन्त्री सहमत भएपछि कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् । निगमलाई निजीकरण गर्न लागिएको भन्दै कर्मचारीहरु आन्दोलनरत रहेका थिए ।

नवनियूक्त पर्यटनमन्त्री आलेले निगमको आन्दोलन जायज रहेको भन्दै नेवानीमा देखिएका समस्याहरुलाई तत्काल समाधान गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV