
- तारा आचार्य
विराटनगर । सुनसरीको ईटहरी उप-महानगरपालिका-६ धरान लाईनबाट दुर्लभ बनस्पती यार्सागुम्बा सहित २ जना पक्राउ परेका छन् ।
सो स्थानमा दुर्लभ बनस्पती यार्सागुम्बाको अबैध रुपमा कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रादेशिक अनुसन्धान समूह (Rit) विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीवाट खटिएको प्रहरी टोलीले खोटाङ रावावेशी गाउँपालिका(४ का २७ बर्षीय समिर गुरुङ र संखुवासभाको चैनपुर नगरपालिका(४ का ३२ बर्षीय श्याम कुमार लिम्बुलाई ३ केजी दुर्लभ बनस्पती यार्सागुम्बा सहित आईतवार पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।
यार्सागुम्बा सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि तरहरा सव डिभिजन वन कार्यालय पठाइएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।