२५ आश्विन २०७८, सोमबार

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा रहेको सिटिजन्स बैंक लुट्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बैंक लुट्न खोज्ने भारतीय नागरिक रेहका छन् । सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्य उनीहरु छिरेका थिए ।

लुटेराको समूहलाई सुरक्षागार्डले रोक्न खोज्दा लुटेरा समूहले गोली चलाएको थियो । गोलीलागेर सुरक्षा गार्ड घाइते भएका थिए ।

गोली लागेका सुरक्षा गार्डलाई हाल उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरुलाई अनुसन्धान गरेर सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV