२५ आश्विन २०७८, सोमबार

काठमाडौँ । नेप्से सूचक २३.१९ अंकले घटेर २६३९.३७ विन्दुमा अडिएको छ । ३ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आइतबार पनि बजार घटेको थियो ।

आज म्युचुअल फन्ड र इन्भेष्टमेन्टबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । ग्लोबल आइएमई समुन्नत स्किम १ को भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।

१७ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र महालक्ष्मी विकास बैंक परेका छन् ।

सोमबार (आज) २१९ कम्पनीको ९३ लाख १४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV