२५ आश्विन २०७८, सोमबार

एजेन्सी । अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार तीनजना अर्थशास्त्रीलाई दिने घोषणा सोमवार गरिएको छ ।

पुरस्कारको आधा रकम डेभिड कार्डलाई दिइनेछ भने आधा रकम जोशुआ डी आंग्रिस्ट र गुइडो डब्ल्यू इम्बेन्सलाई बाँडिने बताइएको छ ।

श्रम अर्थशास्त्र र कारण सम्बन्धको विश्लेषणमा विशेष योगदान दिएका तीन अर्थशास्त्रीले नोबेल पुरस्कार जितेका हुन् ।

डेभिड क्यानेडियन, गुइडो डच(अमेरिकी र जोशुआ अमेरिकी अर्थशास्त्री हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV