२५ आश्विन २०७८, सोमबार
  • महेश्वर के.सी.

काठमाडौँ । नेपालीहरूको मूख्य चाड दशैं सुरु भएसंगै काठमाडौँको असन इन्द्रचोकमा सर्वसाधारणको भीड लागेको छ । सधै व्यस्त हुने असन इन्द्रचोक दशैँ लागेपछि झन भीड थपिएको छ ।

संक्रमणको जोखिम रहिरहेको अवस्थामा पनि सर्वसाधरणहरु भने कोरोनाको डर नै नमानी किनमेलमा निस्किएका छन् ।

सरकारले कोरोना महामारीको जोखिम अझै कायम रहेकाले अनावश्यक भिडभाड, सभा, जुलुस नगर्न सर्वसाधारणलाई अनुरोध गरेको भएपनि दशैँको किनमेलमा भीडभाड उस्तै देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV