२५ आश्विन २०७८, सोमबार

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका निरज बोहरा तेश्रो गोर्खा खुकुरी मार्सल आर्ट्स ब्ल्याक वेल्ट राष्ट्रिय ग्रेडिङमा पहिलो भएका छन् । उनले सर्वाधिक ७५ अंक हासिल गरे ।

नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित ग्रेडिङमा सुदूरपश्चिमकै गोविन्द कठायत दोश्रो तथा बागमती प्रदेशकी सुजिता तामाङ तेश्रो भए । गोविन्दले ६७ तथा सुजिताले ६२ अंक ल्याएको आयोजक संघका प्रमुख प्रशिक्षक रणबहादुर बोगटीले जनाएका छन् ।

बागमतीका काजल खत्री, अनुष्का अधिकारी, ममता खत्री र सुष्मा तामाङ, लुम्बिनीकी सफलता राना मगर तथा सुदूरपश्चिमका आयुश बुढाथोकी, पविता बोहरा र सचिन बोगती उत्कृष्ट घोषित भए ।

तार्केश्वर नगरपालिकाको चिम्बर पोखरीमा भएको साताव्यापी ग्रेडिङ मुख्य प्रशिक्षक बोगटीले सञ्चालन गरेका थिए । उनका सहयोगीका रुपमा रविना घर्ती मगर, जीवन विक, सुजन तामाङ, विकेशराज श्रेष्ठ र सचिता बुढाथोकी रहेका छन् । यसैबीच चिम्बर पोखरी गोर्खा खुकुरी शाखाको बैठक पनि सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV