२५ आश्विन २०७८, सोमबार

काठमाडौँ । सरकारले सहुलियत मूल्यका खसी-बोका बिक्री सुरु गरिरहेको छ । दशैँ लगायत मुख्य चाडपर्वहरुलाई लक्षित गरी सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत मुल्यमा खसी-बोका बिक्री गरिरहेको हो ।

कम्पनीको थापाथलीस्थित मुख्य कार्यालयबाट सहुलियत मूल्यका खसी-बोका बिक्री गरिरहको हो । खाद्यले बिक्री गरिरहेको खसी(बोकाको मूल्य छुटसहित प्रतिकिलो रु ६४० तोकिएको छ । यो मूल्य जिउँदा खसी-बोकाको मूल्य हो । त्यस्तै निजी सर्वाधारणले पनि ठाँउठाँउमा खसी तथा बोकाहरु विक्री गरिहरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV