
पोखरा । गण्डकी प्रदेशमा प्रदेश सांसद रहेका डोबाटे विश्वकर्मा मन्त्री बनेका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई बिनाविभागीय मन्त्री नियुक्त नियुक्त गरेका हुन् ।
तनहुँका विश्वकर्मा कांग्रेसबाट प्रदेश सांसद थिए । उनलाइ मन्त्री नियुक्त गरे पनि जिम्मेवारी भने नताेकिएकाे मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले बताएका छन् ।
कोइरालाका अनुसार नवनियुक्त मन्त्री विश्वकर्माकाे सोमबार (आज) साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गराउने कार्यक्रम तय भइसकेकाे छ । उनको नियुक्तिसँगै अब गण्डकी प्रदेशमा १२ सदस्यीय मन्त्रपरिषद् कायम हुने भएकाे छ ।
गत २९ जेठमा मुख्यमन्त्री बनेका पोखरेलले साउनमा मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यसबेला पनि दाेबाटे मन्त्री बन्ने लिस्टमा रहे पनि अन्तिम समयमा उनकाे नाम काटिएकाे थियाे ।