२५ आश्विन २०७८, सोमबार
  • युवराज आचार्य

झापा । झापाको बिर्तामोडमा मासु पसल गर्दै आएका एक व्यवसायीको हत्या भएको छ । शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा स्थानीय इन्द्र मगरको शव भेटिएको हो।

मगर मासु व्यवसायमा संलग्न थिए । उनको शरीरका विभिन्न भागमा चोट देखिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले घटनाको पुष्टि गर्दै मगरको हत्या भएको बताए ।

प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान अघि बढाएको र पोष्टमार्टमका लागि शव मेची अस्पताल भद्रपुर पठाइएको डिएसपी आचार्यले बताए ।

राती १० बजे घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली पुगेको थियो। अर्जुनधारा–६ स्थित बिर्तामोडदेखि शनिश्चरे जाने बाटोमा महानन्द चौक नजिकै घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV