२५ आश्विन २०७८, सोमबार
  • प्रेम सुनार

गुल्मी । गुल्मीमा अन्य विषयको उपाधिबाहेक मेडिकल साईन्समा हालसम्म जिल्लाका दलित समुदायबाट चार जना डाक्टर बनेको एक संस्थाले जानकारी दिएको छ ।

दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माले दिएको जानकारी अनुसार विकट गाउँ र सामन्य मजदुर परिवारबाट डाक्टर बनेकाे पाइएकाे हाे । जिल्लाको मालिका गाउँपालिका–१  (साविक नेटा गाविस)बाट काँशीराम विश्वकर्मा डाक्टर भएका छन् ।

त्यस्तै रेसुङ्गा नगरपालिका–३ , भाडगाउँकी मोनिका दुधराज, सोही नगरपालिका ९ उपल्लो तम्घासका सुभास बराल (सुनार) र वडा नम्वर १४ पराल्मीका पवन सुनार डाक्टर भई विभिन्न अस्पतालमा कार्यरत छन् ।

दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले जिल्लामा दलित समुदाय ५२ प्रतिशत साक्षर भएको जानकारी दिए । हाल १८ हजार विद्यार्थीले पढ्दै छन् । दलित समुदायबाट सबै भन्दा माथील्लो सरकारी पदमा एक जना डिएसपी थिए, जो हाल अवकाश लिएका छन् । चार जना सरकारी अधिकृत छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV