२५ आश्विन २०७८, सोमबार

कविन्द्र शेर्मा

पाँचथर । ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ । गिरिराज बाँस्कोटाद्धारा लिखित उक्त कविता संग्रहको सदरमुकाम फिदिममा आईतबार लोकापर्ण गरिएको हो ।

शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैधले कृतिको लोकपर्ण गरेका थिए । विमोचित कृतिमा २७ वटा कविता संलग्न रहेका छन् ।

लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्ष समेत हुन् । कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखि क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्नाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे । हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै वैधले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताए थिए ।

उक्त समारोहमा बोल्दै पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले साहित्यका लागि महत्पूर्ण जिल्लाबाट पत्रकारले लेखेको पुस्तकले पक्कै महत्वपूर्ण स्थान हासिले गर्ने अपेक्षा राखे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV